यूईएफए लिगः इटालीलाई हराउँदै स्पेन फाइनलमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ आश्विन २१, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज २१, काठमाडौं । स्पेन यूईएफए नेसन्स लिग फुटबलको फाइनलमा पुगेको छ । बुधबार राति भएको खेलमा १० खेलाडीमा सिमित इटालीलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन फाइनलमा पुगेको हो ।

स्पेनलाई जित दिलाउन फेरान टोरेसले दुई गोल गरे । इटालीका लोरेन्जो पेल्लिग्रिनीले एक गोल फर्काए । खेलको १७ औं मिनेटमा टोरेसके गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए ।

४२ औं मिनेटमा लियोनार्दो बोनुचीले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा इटाली १० खेलाडीमा समेटिएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ८३ औं मिनेटमा इटालीका लोरेन्जोले एक गोल फर्काएपनि स्पेन २-१ ले विजयी भयो ।

स्पेनसँग पराजित भएसँगै इटालीको ३७ खेलको अपराजित यात्रा समेत टुंगिएको छ । अब स्पेनले फाइनलमा बेल्जियम र फ्रान्सबीचको विजेतासँग खेल्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस