एकीकृत समाजवादीमा मन्त्री अध्यक्षले छान्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन २१, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज २१, काठमाडौँ । नेकपा एकीकृत समाजवादीले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ ।

बिहीबार बसेको स्थायी कमिटी बैठकले पार्टीले पाउने मन्त्रालय र सरकारमा जाने नेताहरुको टुंगो लगाउने जिम्मा अध्यक्ष नेपाललाई दिएको एक नेताले जानकारी दिए ।

सत्तारुढ दलहरुबीच एकीकृत समावादीले चार मन्त्री र एक राज्यमन्त्री पाउने सहमति छ । तर मन्त्रालय टुंगो लगिसकेको छैन । त्यसका लागि सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक अहिले बस्दैछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस