सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक सुरु

असोज २१, काठमाडौँ । सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा शुरू भएको छ । मन्त्रिपरिषद् विस्तार अघि सत्तारुढ दलका नेताहरु मन्त्रालय भागण्डामा भएको सहमतिलाई अन्तिम रुप दिन छलफलमा बसेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषदमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले समान ४–४ मन्त्रालय लिने सहमति भएको थियो । कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एक–एक राज्यमन्त्री पनि पाउनेछन् ।

 

 

संम्बन्धित समचार

Leave a Reply