मुख्यमन्त्री राउतले पाए बिश्वासको मत , लगत्तै गरे जानकी मन्दिरको दर्शन

आश्विन २१, काठमाडौ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बिहीबार जानकी मन्दिरको दर्शन गरेका छन् । प्रदेशसभामा दुई तिहाइ मत प्राप्त गरेको केही दिनपछि उनले जानकी मन्दिरका पुजारी महन्त रामपतेश्वर दास वैष्णवसँग दर्शन भेट गरेका हुन् ।

विश्वासको मत प्राप्त गरेपछि राउतले जानकी मन्दिरमा गई महन्त दासबाट आशीर्वाद ग्रहण गरेको मुख्यमन्त्री सञ्चार सचिवालयले जानकारी दिएको छ ।

मुख्यमन्त्री राउतले बुधबार प्रदेशसभा २ मा दुई तिहाइभन्दा बढी विश्वासको मत प्राप्त गरेका थिए । उनी अधिकांश सनातन धर्मसभाहरूमा समेत सहभागी हुने गरेका छन् ।

संम्बन्धित समचार

Leave a Reply