रेल्वे विधेयक २०७८ फिर्ता लिन प्रतिनिधिसभाले माग्यो राष्ट्रियसभाको अनुमति

असोज २२, काठमाडौं । रेल्वे विधेयक २०७८ फिर्ता लिन प्रतिनिधिसभाले राष्ट्रियसभाको अनुमति माग गरेको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विधेयक फिर्ता लिन राष्ट्रियसभाको सहमतिको लागि प्रतिनिधिसभाको सिफारिस प्राप्त गर्ने प्रस्ताव प्रस्तुत गरे ।

विधेयक फिर्ताको प्रस्तावमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोध जनाएका थिए । उनको प्रस्ताव सभाले बहुमतले अस्वीकृत गर्‍यो र विधेयक फिर्ताको लागि राष्ट्रिय सभाको सहमतिको लागि प्रतिनिधिसभाको सिफारिस प्राप्त गर्ने प्रस्ताव पारित गर्‍यो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अधिकारीहरुका अनुसार अध्यादेश ल्याउन सरकारले यो विधेयक फिर्ता लिने निर्णय गरेको हो ।

संम्बन्धित समचार

Leave a Reply