सामाजिक सुरक्षा भत्ता : त्रैमासिक रुपमा वितरण गर्ने

असोज २२, काठमाडौं । सामाजिक सुरक्षा भत्ता अब त्रैमासिक (तीन/तीन महिनाको फरक) रुपमा वितरण हुने भएको छ । यसअघि सामाजिक सुरक्षा भत्ता चौमासिक रुपमा वितरण हुँदै आएको थियो ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका अनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ ले चालु आर्थिक वर्ष २०७८/७९ देखि सामाजिक सुरक्षा भत्ताको निकासा त्रैमासिक रुपमा हुने व्यवस्था गरेको छ । सोही नियमलाई चालु आवबाट कार्यान्वयनमा ल्याइने भएको हो ।

विभागले सबै स्थानीय तहलाई यस प्रकारको व्यवस्था मिलाउन भनेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार अहिले देशभर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको संख्या ३४ लाख ६५ हजार ७ सय १३ जना रहेको छ । सरकारले सामाजिक सुरक्षामा वार्षिक १ खर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेट अध्यादेशबाट सामाजिक सुरक्षा भत्ता वृद्धि गरेको छ । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो किस्ता बुझ्ने नागरिकले बढेको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेछन् ।

बजेटमार्फत सरकारले वृद्धभत्ता ४ हजार र अन्य सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतको वृद्धि गरेको हो । बढेको सामाजिक सुरक्षा भत्ता अनुसार अब ७० वर्ष पुगेका सबै जेष्ठ नागरिकले मासिक ४ हजार रुपैयाँ प्राप्त गर्छन् । साविकको कर्णाली अञ्चलका जिल्ला र देशभरका दलित समुदायका ६० वर्ष उमेर पुगेका सबै नागरिकले मासिक २,६६० रुपैयाँ प्राप्त गर्नेछन् ।

संम्बन्धित समचार

Leave a Reply