नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरी मनाइँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन २३, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज २३, काठमाडौं । दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा अर्चना गरी मनाइँदै छ । आज दशैं घर र विभिन्न शक्तिपीठहरुमा भगवती दुर्गाको एक रुप चन्द्रघण्टाको पूजा आराधना गरिँदैछ ।

घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्नुपर्ने धार्मिक व्यवस्था रहेको छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा अर्चना र उपासना गर्ने गरिन्छ ।

दशैंको तेस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ । राजधानीभित्र शोभा भगवती, तलेजुभवानी, भद्रकाली, गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, नक्साल भगवतीसहितका शक्तिपीठहरूमा दर्शनार्थीहरूको घुँइचो लागेको हो ।

त्यस्तै उपत्यका बाहिरका शक्तिपीठहरुमा पनि दर्शनार्थीको भीड लागेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस