मन्त्रिपरिषद्लाई पूर्णता दिएलगत्तै प्रधानमन्त्री पोखरा जाँदै

असोज २३, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणमा जान लागेका छन् ।

मन्त्रिपरिषद्लाई पूर्णता दिएलगत्तै प्रधानमन्त्री देउवा निर्माणाधीन विमानस्थलको निरीक्षणका निम्ति आज बिहान १० बजे त्यसतर्फ जान लागेका हुन् । देउवा सैनिक हेलिकप्टरबाट जानेछन् ।

हाल घरेलु उडानका निम्ति प्रयोग हुँदै आएको साविक बिमानस्थलमा अवतरण हुनासाथ त्यहाँबाट राष्ट्र बैंक गेष्ट हाउस जाने र एक छिन आराम गरेर साक्षर गण्डकी कार्यक्रममा सहभागिता हुने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवा पोखरा बाँस बस्ने र भोलिपल्ट निर्माणाधीन विमानस्थलको अवलोकन गरी काठमाण्डौ फर्कने कार्यक्रम तय भएको छ ।

संम्बन्धित समचार

Leave a Reply