सामलिङ्ग पावर कम्पनीको आईपिओ कार्तिक ४ गतेदेखि खुल्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ आश्विन २३, शनिबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

असोज २३, काठमाडौँ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले कार्तिक ४ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्बसाधारणलाई ७ लाख ३० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

जस मध्ये १४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ३६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकि रहेको ६ लाख ७८ हजार ९ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । यस आईपिओमा छिटोमा कार्तिक ८ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा कार्तिक १८ गतेसम्म आवेदन दिन सकिने छ ।

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि दिन सकिने छ । शेयर निष्कासनको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड बिक्रि प्रबन्धक रहेको छ।

कम्पनीले यस अघि नै आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरु तथा आयोजना प्रभावित ईलाम जिल्लाका स्थानीयबासीको लागि शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

कम्पनीले इलाम जिल्ला स्थित माईबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी मिति २०७८ आश्विन १ गते (तदनुसार सेक्टेम्बर १७, २०२१) देखि व्यापारिक उत्पादन सुरु गरी सकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस