ओलीलाई माधव नेपालको आरोपः पार्टीमा दास र ’एसम्यान’ मात्रै खोजे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन २३, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज २३, काठमाडौँ । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले पार्टीमा दास र ’एसम्यान’ मात्रै खोजी गरेको आरोप लगाएका छन् ।

जिल्ला पार्टी कार्यालय काभ्रेको उद्घाटन कार्यक्रममा अध्यक्ष नेपालले एमालेबाट आफु र आफ्नो समूहले साहस गरेर विद्रोह गरेको जिकिर गरे । नेपालले एमाले विधान सम्मेलनलाई ‘तमासा’को संज्ञा दिँदै खसीबोका, कुखुराको भतेर मात्रै लागेको र विधानको ‘ब’उच्चारण नभएको आरोप लगाए ।

अध्यक्ष नेपालले ओलीले आफ्ना गल्ती स्वीकार्दै माफी मागे नयाँ ढंगले सोच्न सकिने तर्क पनि गरे । आफूलाई पुष्पलालको उत्तराधिकारी दाबी गर्दै नेपालले कम्युनिष्ट पार्टीमा व्यक्तिभन्दा नीति र विचारप्रधान हुने बताए ।

त्यसक्रममा नेपालले ‘धेरैलाई आफ्नो पार्टी संसद्मा शक्तिको रुपमा उदाउने नलागेको बताउदै धेरैले कानुनी मान्यता पाउने पनि नसोचेको उल्लेख गरे । त्यसक्रममा उनले विगतका कमजोरीबाट यो सरकार मुक्त हुन सकोस् भन्ने अपेक्षा गर्दै गलत, अनुचित कार्य गरेर सरकारबाट हटाउने चेतावनी आफ्ना दलतर्फका मन्त्रीहरुलाई दिएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस