ईपीएलको उपाधि चितवन टाइगर्सलाई

असोज २३, काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि चितवन टाइगर्सले जितेको छ । आज भएको फाइनल खेलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले उपाधि जितेको हो ।

पहिलो पटक ईपीएलको उपाधि जितेको चितवनले ५० लाख प्राप्त गरेको छ । उपविजेता बनेको पोखराले १५ लाख पाएको छ । पोखराले दिएको १ सय १२ रनको लक्ष्य चितवनले १५.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

चितवनको जितमा भिम सार्कीले ६३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै दिलिप नाथले १८ रन जोड्दा राजेश पुलामीले १४ रन बनाए । मोहमद साहजदले ११ रन बनाउँदा कप्तान सोमपाल कामी ४ रनमा अविजित रहे ।

यस्तै सेकुग्गे प्रसन्न १ रनमा अविजित रहे । पोखराका किशोर महतोले ४ तथा नन्दन यादवले २ विकेट लिए ।

यसअघि किर्तीपुरस्थित त्रिवी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १७.५ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाएको थियो । पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाउँदा रिचार्ड लेभीले २६ रन जोेडे । कप्तान विनोद भण्डारीले २२ रन बनाए ।

पोखरालाई सस्तैमा रोक्न चितवनका कमल सिंह ऐरीले ४ विकेट लिए । यस्तै करिम जनत र सेकुग्गे प्रसन्नले २/२ विकेट लिए । सोमपाल कामी र सागर ढकालको नाममा १/१ विकेट रह्यो ।

संम्बन्धित समचार

Leave a Reply