बागमती प्रदेश सभाको बैठक ३ बजे बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन २४, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज २४, हेटौंडा । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बागमती प्रदेशको सरकारले असोज २४ गतेका लागि प्रदेश सभाको नवौं अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई सिफारिस गरे बमोजिम आज अपराह्न ३ बजे प्रदेश सभाको बैठक बस्न लागेको हो ।

यही अधिवेशनमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनेछिन् । एमाले विभाजन भएसँगै बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । एमालेका विभाजनपछि १३ सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि शाक्यले विश्वासको मत लिन लागेकी हुन् ।

प्रदेश सभा सचिवालयका सचिव कृष्णहरी खड्काले आजै ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिले नै आजको कार्यसूची टुंगो लगाउने बताए ।

शाक्यले असोज २४ गतेका लागि प्रदेश सभा आह्वान गरेर विश्वासको मत लिने प्रस्ताव राख्ने र २५ गते मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तयारी गरे पनि एकिन भने नभएको एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस