पाराग्लाइडिङ विश्वकप आजदेखि स्याङजामा हुँदै, २१ देशका ९८ पाइलट सहभागी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ कार्तिक १५, बिहिबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

कात्तिक १५, काठमाडौं । स्याङ्जामा आजदेखि पाराग्लाइडिङ विश्वकप सुरु हुँदैछ ।

स्याङ्जाको भिरकोट नगरपालिका–५ माहापुरस्थित स्वरेक मैदानदेखि वालिङ नगरपालिका–११ डौवा फाँटसम्म हुने पाराग्लाइडिङ विश्वकपमा विभिन्न देशका ९८ पाइलटले प्रतिस्पर्धा गर्दैछन् ।

हालै इन्डोनेसियामा भएको एसियन गेम्समा पाराग्लाइडिङतर्फ रजत पदक जित्न सुफल नेपालले आफ्नै देशमा पहिलो पटक पाराग्लाईडिङको एक्युरेसी विश्वकप गर्न लागेको हो ।

प्रतियोगिताका लागि भारत, पाकिस्तान, जापान, चीन, कोरिया, अमेरिका, क्यानडालगायत २१ देशका खेलाडीले नाम दर्ता गराएका छन् ।

प्रतियोगितामा महिला र पुरुषतर्फ एकल र टिम गरी कूल चार विधामा १४ स्वर्ण पदकका लागि खेलहरु हुनेछन् ।

प्रतियोगिता नेपाल पाराग्लाइडिङ संघ, नेपाल हवाई खेलकूद संस्था र बाबु एडभेन्चर क्लब स्याङ्जाको आयोजना तथा जिल्ला समन्वय समिति स्याङ्जाको संयोजकत्वमा हुन लागेको हो । प्रतियोगिता चार दिनसम्म चल्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस