थप ५९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १० जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन २४, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

आश्विन २४,काठमाडौँ । पछिल्लो २४ घण्टामा ५९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

९ हजार २ सय ३७ पीसीआर परीक्षण गर्दा ५६५ जना र ३ हजार १६७ एन्टिजेन परीक्षण गर्दा ३१ गरी ६९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ भने ८७१ जना निको भएका छन् ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख २ हजार १९८ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार २३१ पुगेको छ भने ७ लाख ७५ हजार ९४३ जना संक्रमणमुक्त भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस