चेन्नई आईपीएलको फाइनलमा प्रवेश

असोज २५, काठमाडौं । चेन्नई सुपर किङ्स ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनल पुगेको छ । दुबईमा आइतबार राति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले हराउँदै चेन्नई फाइनल पुगेको हो ।

दिल्लीले भने अब फाइनल प्रवेशका लागि एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल खेल्नेछ । एलिमिनेटरमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ ।

रोमान्चक बनेको खेलमा दिल्लीले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

चेन्नईको जितमा रुतुराज गायकवाडले सर्वाधिक ७० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रोबिन उथप्पाले ६३ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान महेन्द्र सिंह धोनीले अविजित १८ रन जोड्दा मोइन अलीले १६ रन बनाए ।

दिल्लीका टम करणले ३ विकेट लिए । एन्रिच नोर्किया र अभेस खानले एक एक विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।

दिल्लीका लागि पृथ्वी शले ६० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान ऋषव पन्तले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले । शिम्रन हिटमायरले ३७ रन जोड्दा अक्षर पटेलले १० रन जोडे । शिखर धवन ७ रनमा आउट भए ।

चेन्नईका जोस हाजलउडले २ विकेट लिए । रविन्द्र जडेजा, मोइन अलि र ड्वाने ब्राभोले १/१ विकेट लिए ।

संम्बन्धित समचार

Leave a Reply