केशव स्थापितमाथि रश्मिलाको आरोप झूठो रहेको महानगरपालिकाको दावी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ कार्तिक १५, बिहिबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कात्तिक १५, काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रदेश ३ सरकारका भौतिक पूर्वाधारमन्त्री तथा पूर्व मेयर केशव स्थापितमाथि महानगरकी पूर्व कर्मचारी रश्मिला प्रजापतिले लगाएको ‘यौन प्रस्ताव’ सम्बन्धी आरोप आधारहीन रहेको दावी गरेको छ ।

आर्थिक अनियमितता र गलत आचरणका कारण हटाइएकी प्रजापतिले पूर्वाग्रह साँधेर स्थापितको चरित्रहत्या गर्न खोजेको महानगरपालिकाको आरोप छ । तर रश्मिला प्रजापतिले भने स्थापितले १५ वर्षअघि महानगरमा हुँदाको स्मरण गर्दै पटक पटक आफूलाई फोन गरेर ‘हृयारेसमेन्ट’ गरेको आरोप लगाएकी छन् ।

मि टु अभियान अन्तर्गत सन्चारकर्मी प्रजापतिले केही दिनअघि फेसबुक र अन्य सन्चारमाध्यममार्फत आफूले स्थापितको प्रस्ताव नमान्दा जागिरबाट निकालिनुपरेको दावी गरेकी थिइन् । स्थापितले पटक-पटक आफूलाई गाडी नै पठाएर निजी सम्बन्धको प्रस्ताव राखेको आरोप उनले लगाएकी छन् । आफूले स्थापितको प्रस्ताव नमानी प्रतिवाद गर्दा २०६० सालमा जागिरबाट निकालिएको प्रजापतिको आरोप छ ।

तर महानगरपालिकाले विज्ञप्तिमार्फत सो आरोपमा सत्यता नभएको र प्रजापतिलाई महानगरको जागिरबाट हटाइदा स्थापित मेयर नरहेको समेत जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस