नेसन्स लिगको उपाधि फ्रान्सलाई

असोज २५, काठमाडौं । फ्रान्सले यूईएफए नेसन्स लिग फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा स्पेनलाई २-१ गोल अन्तरले पराजित गर्दै फ्रान्स च्याम्पियन बनेको हो ।

फ्रान्सलाई उपाधि दिलाउन करिम बेन्जिमा र केलियन एमबाप्पेले एक एक गोल गरे । स्पेनका मिकेल ओयार्जाबलले एक गोल फर्काए ।

खेल सुरुआती अग्रता भने स्पेनले बनाएको थियो । खेलको ६४ औं मिनेटमा मिकेलले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । तर, खेलको ६६ औं मिनेटमा बेन्जिमाले गोल गर्दै फ्रान्सलाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ८० औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २-१ को जित दिलाए ।

फ्रान्सका केलियन एमबाप्पेले सर्वाधिक गोलकर्ताको उपाधि जिते । उनले २ गोल र २ असिस्ट गरेका थिए । एमबाप्पेले स्पेनका फेरान टोरेस र आफ्नै देशका करिम बेन्जिमालाई पछि पार्दै उपाधि जितेका हुन् ।

संम्बन्धित समचार

Leave a Reply