संघिय संसदका दुवै सदनको बैठक बस्दै

असोज २५, काठमाडौं । संघिय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसुचि छ ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट “मधेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश हुने कार्यसुचि रहेको संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको बैठक सभामुख सापकोटाको कार्यशैलीमा असन्तुष्ट जनाउँदै नेकपा एमालेले निरन्तर अवरोध गर्दे आएको छ ।

यसैबिच राष्ट्रियसभाको बैठक पनि दिउँसो २ बजे नै बस्दैछ । बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुनेछ । प्रधानमन्त्री देउवाका तर्फबाट राष्ट्रिय दलित आयोग, मधेसी आयोग र मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसुचि रहेको छ ।

यस्तै विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले अध्यागमन विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुहुनेछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधि सभामा विचाराधीन रहेको रेल्वे विधेयक, २०७६ लाई फिर्ता गर्न सभाको सहमतिको लागि प्रस्ताव प्रस्तुत गर्नुहुने संसद सचिवालले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply