गण्डकीमा डोवाटे विश्वकर्मालाई मन्त्री बनाउने तयारी

आश्विन २५,काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले काँग्रेस सांसद डोवाटे विश्वकर्मालाई मन्त्री बनाउने भएका छन् । आइतबार पोखरामा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि पोखरेलले विश्वकर्मालाई मन्त्री बनाउने तयारी थालेका हुन् ।

नेपाली काँग्रेसका सांसद विष्णु लामिछानेका अनुसार विश्वकर्मालाई मन्त्री बनाउने विषयमा सहमति भएको छ । यसअघि मन्त्रिपरिषद् विस्तारका क्रममा अन्तिममा नाम काटिएका विश्वकर्मालाई मन्त्री बनाउन प्रधानमन्त्री देउवा र काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मुख्यमन्त्रीलाई आग्रह गरेको उनको भनाइ छ ।

पार्टीका शीर्ष नेताहरूले नै विश्वकर्मालाई मन्त्री बनाउन सुझाव दिएपछि मुख्यमन्त्री पोखरेलले सोही अनुसार तयारी थालेको बताइएको छ ।

संम्बन्धित समचार

Leave a Reply