पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम तीव्र गतिमा गर्न प्रधानमन्त्रीको निर्देशन

आश्विन २५,पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा अन्तर्राष्ट्रिय विमास्थलका सबै समस्या हल गर्ने बताउँदै तोकिएको समयमै काम सक्ने गरी तीव्र गतिमा काम गर्न निर्देशन दिएका छन् । आइतबार पोखरा आइपुगेका देउवा सोमबार बिहाद विमानस्थलको निरीक्षण तथा प्रगति बुझ्न विमानस्थल पुगेका थिए ।

विमानस्थलको प्रगति र विद्यमान समस्याबारे आयोजना प्रमुख बिनेश मुनकर्मीले ब्रिफिङ गरेका थिए । विमानस्थलबाट उडान अवरोध गर्ने भएकाले काट्ने भनिएको रिठ्ठेपानी डाँडाको रक ईआईए नहुँदा काम अगाडि नबढेको, उत्तरबाट आउने बाढी विमानस्थल छिर्ने समस्या र त्यसले कटानसमेत गर्ने गरेको समस्या मुनकर्मीले देउवालाई सुनाएका थिए ।

 

संम्बन्धित समचार

Leave a Reply