मध्ये भोटेकोशीको आइपीओ भर्नुभयो ? कहिलेसम्म छ म्याद हेर्नुहोस्

आश्विन २५,काठमाडौँ । करिब ८ लाख १९ हजार आवेदकलाई १० कित्ता पर्ने मध्ये भोटेकोशी जलविद्युत कम्पनीको आईपीओका लागि आजसम्म आवेदन दिन सकिनेछ । २० असोजबाट सर्वसाधाराणका लागि खुला भएको आइपीओमा आजसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशनमा ल्याए पनि ८१ लाख ९० हजार कित्ता शेयरका लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन् । जसमा ८ लाख १९ हजार भन्दा धेरै आवेदकले १० कित्ता शेयर प्राप्त गर्ने निश्चित छ ।

कुल निश्कासन मध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

कम्पनीको आईपीओमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि बढीमा १० हजार कित्तासम्मका लागि आईपीओ आवेदन गर्न सक्नेछन् ।

संम्बन्धित समचार

Leave a Reply