सकियो संसद बैठक: सांसदलाई दशै बिदा, अर्को बैठक कार्तिक ९ गते

आश्विन २५,काठमाडौँ । संघीय संसदको दुवै सदनमा दशैं विदा शुरु भएको छ । सोमबारको बैठकपछि प्रतिनिधिसभा र राष्ट्रिय सभा दुबैमा लामो विदा दिइएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले कात्तिक ९ गते मंगलबारसम्मका लागि बैठक स्थगित गरेका छन् भने राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले अर्को सूचना नहुँदासम्मका लागि बैठक स्थगित गरेका छन् ।

हिन्दु नेपालीहरुको पर्व दशैं शुरु भइसकेको अवस्थामा अब सांसदहरुले पनि दशैं विदा पाएका छन् । धेरै सांसदहरु गाउँ गइसकेकाले उनीहरु सोमबारको बैठकमा पनि उपस्थित भएका थिएनन् ।

सोमबारको बैठक पनि नेकपा एमालेका सांसदहरुको विरोधका बाबजुद सञ्चालन गरिएको थियो । प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरुले वेल घेराउ गरेर नाराबाजी गरेका थिए भने राष्ट्रियसभामा एमाले सांसदहरु मौन रहेर उभिएका थिए ।

प्रतिनिधिसभा बैठकले सोमबार रेल्वे विधेयक २०७८ फिर्ता लिएको छ । यो विधेयक राष्ट्रियसभामा उत्पत्ति भएकाले सोमबारकै राष्ट्रियसभा बैठकले विधेयक फिर्ता लिन प्रतिनिधिसभालाई सहमति दिएको थियो ।

संम्बन्धित समचार

Leave a Reply