मुगु, कास्की र अछाम दुर्घटना: मृतक परिवारलाई राहत तथा घाइतेको निःशुल्क उपचार गर्ने घोषणा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन २७, बुधबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

आश्विन २७,काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएको दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई उचित राहत दिने र घाइतेको सरकारले निःशुल्क उपचार गर्ने घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री देउवाले दुर्घटनाको खबरले आफू स्तब्ध भएको भन्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नु भएको छ ।

उनले सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी गाडीको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि सम्बन्धित सबैको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस