पुष्पलाल राजमार्ग : याम्दीदेखि घट्टेखोलासम्मको निर्माण अन्तिम चरणमा

आश्विन २७,कास्की। राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी (पुष्पलाल) राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको निर्माण अन्तिम चरणमा पुगेको छ ।

पोखरा–बाग्लुङ राजमार्गसमेत पर्ने यो खण्डको १२ किलोमिटर सडकको निर्माण कार्य ९५ प्रतिशत सकिएको मध्यपहाडी (पुष्पलाल) सडक आयोजनाले जनाएको छ । ढिलोमा आउँदो माघ महिनाभित्रमा सबै काम सम्पन्न हुने दाबी गरिएको छ ।

फेदीदेखि घट्टेखोलासम्मको दुई किमी सडकबाहेक अन्य सबै ठाउँमा ‘अस्फाल्ट’ कालोपत्र सकिएको छ । यो ठाउँमा कालोपत्रका लागि सबै काम तयारी अवस्थामा रहेको छ । कालोपत्रपछि अहिले रोड मार्किङ लगायतका काम भइरहेको छ ।

याम्दीदेखि सुुइखेतसम्म छ किलोमिटर र सुइखेतदेखि घट्टेखोला छ किलोमिटर दुई खण्डमा ठेक्का सम्झौता गरेर काम सुरु गरिएको थियो । यो सडकको अहिले ९५ प्रतिशत काम सम्पन्न भएको पुष्पलाल (मध्यपहाडी)राजमार्ग आयोजनाका इञ्जिनियर अनन्त बरालले जानकारी दिए ।

सुरुआतमा विद्युत् पोल र खानेपानीको पाइपको स्थानान्तरणको प्राविधिक समस्याले ढिलाइ भएको र पछि कोरोनाका कारणले आयोजना प्रभावित भएर तीन पटकसम्म म्याद थप गरिएको उनले बताए।

संम्बन्धित समचार

Leave a Reply