चेन्नई सुपर किंग्सलाई आईपीएल-२०२१ को उपाधि

आश्विन ३०, काठमाडौ । कोलकाता नाइट राइडर्सलाई हराउँदै चेन्नई सुपर किंग्सले आईपीएल २०२१ को उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । शुक्रबार राति भएको खेलमा चेन्नई २७ रनले विजयी भएको हो । चेन्नईले प्रस्तुत गरेको १९३ रनको लक्ष्य पछ्याउने क्रममा कोलकाताले ९ विकेटको क्षतिमा १६५ रन मात्र बनाउन सक्यो ।

महेन्द्र सिंह धोनीको टोलीले चौथोपटक आईपीएलको उपाधि जितेको हो । यसअघि सन् २०१०, २०११ र २०१८ मा चेन्नईले उपाधि जितेको थियो । टस हारेर पहिलो ब्याटिङ गरेको चेन्नईले उत्कृष्ट सुरुवात गरेको थियो । पहिलो विकेटका लागि ऋतुराज गायकवाड । फाफ डुप्लेसिसले ६१ रन जोडे । गायकवाड ३२ रन बनाएर आउट भए पनि प्लेयर अफ द म्यान चुनिएका डुप्लेसिसले विस्फोटक पारी खेल्दै ५९ बलमा ८६ रनको योगदान दिए । त्यस्तै, रोबिन उथप्पाले ३१ र मोइन अलीले नटआउट रहँदै ३७ रन बनाएपछि चेन्नईले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १९२ रन बनायो ।

जवाफी ब्याटिङमा उत्रेको कोलकाताले पनि राम्रो शुरुवात गरेको थियो । ओपनरद्वय शुभमन गील र वेंकटेश अय्यर दुवैले अर्धशतकीय पारी खेले । गीलले ५१ र अय्यरले ५० रन बनाए । तर ११ औँ ओभरमा अय्यर आउट भएपछि कोलकाताको पतन शुरु भयो । मध्यक्रममा कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । खेलको अन्त्यतिर शिवम माभीले २० तथा लोकी फर्गुसनले १८ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

कोलकाताको पारी ध्वस्त पार्न शार्दूर ठाकुरले ३ तथा जस हेजलवुड र रवीन्द्र जडेजाले २–२ विकेट लिए । चेन्नईका ओपनर गायकवाडले यो सिजन सर्वाधिक रन बनाउँदै ओरेन्ज क्याप जित्न सफल रहे । मात्र २४ वर्षका उनी सबैभन्दा बढी क्याप जित्ने खेलाडी हुन् ।

संम्बन्धित समचार

Leave a Reply