किस्पाङमा बस दुर्घटना: १२ जना घाइते, २ को अवस्था गम्भीर

Post Thumbnail

कार्तिक १,नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिकाको भुमेस्थानमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको छ ।

भाल्चे देखि काठमाडौँ जादै गरेको बा ४ ख ५७६२ नं को बस दुर्घटना भएको किस्पाङ गाउँपालिका प्रमुख छत्रबहादुर लामाले लोकपथलाई जानकारी दिए ।

दुई जनाको अवस्था गम्भीर रहेको छ । सबैलाई जिल्ला अस्पताल त्रिशुलीमा उपचारको लागि पठाइएको छ । अहिले नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा बाँकी उद्दारको काम गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस