देशभर थप ५ सय ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक १, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक १,काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५ सय ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार ६ सय ९७ जनाको नमुना परीक्षण गर्दा पाँच सय ९१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएकासहित पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख पाँच हजार पाँच सय ६० जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९३ हजार चार सय ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नौ सय ३७ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८२ हजार तीन सय ९३ पुगेको छ ।

यही थप नौ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार दुई सय ९३ पुगेको छ ।

अहिले ११ हजार आठ सय ७४ जना सक्रिय सङ्क्रमित रहेकामा दुई सय ८० जनाको आईसीयू र ९९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस