माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ कार्तिक २, मंगलबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

कार्तिक ०२, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठक आज पनि बस्दैछ । अहिले केहीबेरमा पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टीको आगामी सम्मेलनबारे छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

पार्टीको राष्ट्रिय सम्मेलन, प्रदेश तथा स्थानीय तह सम्मेलन, पार्टी सदस्यता नवीकरण तथा विभाग गठनबारे बैठकमा हिजो विषय प्रवेश भएको र आज थप छलफल हुने महराले बताए ।

आजको बैठकमा माओवादी केन्द्रले असोज मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा वितरण सम्पन्न गर्ने निर्णयअनुसारको प्रगतिको विषयमा छलफल हुनेछ । यस्तै‚ स्थानीय तह अन्गरगत वडा पार्टी कमिटी र जनवर्गीय संगठनका सम्मेलनबारे जानकारी लिने र गर्न बाँकीमा पहल गर्नेबारे बैठकमा छलफल हुनेछ ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका लागि टोल भेला कात्तिक ६ सम्म, वडा सम्मेलन कात्तिक १३ मा र स्थानीय तहको सम्मेलन मंसिर ४ मा गर्ने तय गरिएको छ । राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ सम्म काठमाडौंमा हुँदैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस