पहिरो: कालीकोट र डडेलधुरामा २ जनाको मृत्यु, २ जना घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक २, मंगलबार (२ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

कात्तिक २, काठमाडौं । निरन्तर वर्षाका कारण आएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी दुई जना घाइते भएका छन् ।

गृहमन्त्रालयका अनुसार बाढी र पहिरोका कारण कालीकोट र डडेलधुरामा एक/एक जनाको मृत्यु भएको हो भने एक/एक जना घाइते भएका हुन् ।

अविरल वर्षाका कारण कालीकोटको महाबै गाउँपालिका–७ राम्नीका विष्णुलाल अधिकारीको घर भत्किँदा उनकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको छ । अधिकारीकी १५ वर्षीया छोरी युनिसा अधिकारी घाइते भएकी छन् । युनिसालाई घरले पुरेको अवस्थामा उद्धार गरिएको थियो । उनको अवस्था सामान्य रहेको गृहमन्त्रालयले जनाएको छ ।

यस्तै डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ भात्काडाका विष्णु अवस्थीको कच्ची घरमाथि पहिरो खस्दा उनको मृत्यु भएको छ । घरमाथि पहिरो खस्दा ३२ वर्षीय अवस्थी र उनकी ६ वर्षीया छोरी सरिता घाइते भएका थिए । सरिताको उपचारका लागि डडेलधुरा अस्पतालमा उपचार भइरहेको गृहमन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस