सडक दुर्घटनाको भयावह अवस्था : ११ दिनमा ८८३ दुर्घटना, १६१ जनाको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक २, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक २,काठमाडौँ । दसैँको अवधिमा सवारी दुर्घटनाका कारण ठूलो मानवीय क्षति भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार दसैँको घटस्थापनपछि कात्तिक १ गतेसम्म दुर्घटनाका कारण १६१ जनाको मृत्यु भएको छ । १२ सय ३८ घाइते भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार फूलपातीको दिन मुगुमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भयो ।

नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको छायाँनाथ रारा यातायात प्रालिले संचालन गरेको भे.१ ख ३१६७ नम्बरको बस जुम्ला–मुगु सडक खण्डको पिनातपने खोलामा पल्टेको थियो । यसैगरी दसैँको अवधिमै कास्कीमा जीप दुर्घटना हुँदा ८ जनाले ज्यान गुमाए । अन्नपूर्ण गाउँपालिका–१० स्थित घान्द्रुक नजिकै ग १ ज ६९०० नम्बरको जिप दुर्घटना भएको थियो ।

सो समयभित्र ९४ वटा बस, ५३ वटा ट्रक/ ट्याङकर,१५ वटा ट्रिपर,१३ वटा माइक्रो र ११९ वटा मोरसाइकल दुर्घटना भएको छ ।

देशभर ८ सय ८३ दुर्घटना भएको छ ।  सोही अवधिमा काठमाडौं उपत्यकामा दसैँ अवधिभरमा ३०८ वटा दुर्घटना भएका छन् । जसमा ३ जनाले ज्यान गुमाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस