विराटनगर विमानस्थल डुबेपछि भद्रपुरमा उडान थपियो

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ कार्तिक ३, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कात्तिक ३,काठमाडौं । विराटनगर विमानस्थल डुबानमा परेपछि वायुसेवा कम्पनीले झापाको भद्रपुरमा उडान बढाएका छन् ।

बुद्ध एयरले एक सूचना जारी गरि भद्रपुरमा उडान संख्या थपेको जानकारी गराएको छ ।

विराटनगरको साटो विकल्पमा सो विमानस्थल प्रयोग गर्न सकिने भन्दै कम्पनीले ट्राभल कम्पनी वा मोबाइल एपबाटै टिकट लिन सकिने समेत जानकारी गराएको छ ।

विराटनगर विमानस्थलमा भने बाढी पसेसँगै बुधबार बिहानैबाट अवरुद्ध भएको छ । भद्रपुरमा भने बिना अवरोध उडान भइरहेको कम्पनीको भनाइ छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस