कार्तिक १५,काठमाडौँ । प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलसँग मन्त्रिपरिषदमै विवाद भएको स्वीकार गरेका छन् । तर, मन्त्री पदबाट भने राजीनामा नदिने उनले बताए ।
मन्त्रीको जिम्मेवारी पूरा नगरेको र पटकपटक आफ्नो अपमान गरेको भन्दै मुख्यमन्त्री पौडेल असन्तुष्ट छन् । उनले स्थापितलाई हटाउने सन्दर्भमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गरिसकेका छन् भने अर्थ तथा योजना मन्त्री कैलाश ढुंगेललाई लिएर बिहीबार काठमाडौं आउँदैछन् ।
मन्त्री स्थापितले भने आफूलाई हटाउने वा राजीनामा दिने दुवै सम्भावना अस्वीकार गरे ।
उनका अनुसार मुख्यमन्त्री पौडेलले कार्यसम्पादन नभएको भन्दै असन्तुष्टि जनाएका छन् । तर, आफूले लक्ष्य भन्दा बढी काम गरिसकेको स्थापितको दाबी छ ।