आईसीसी टी–ट्वान्टी विश्व कप क्रिकेट: नामिबियाले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ कार्तिक ३, बुधबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कार्तिक ३,काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्व कप क्रिकेटमा नामिबियाले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको छ ।

आबुधाबीमा आज बुधवार नेदरल्यान्ड्सले दिएको एक सय ६५ रनको लक्ष्य नामिबियाले चार विकेट गुमाएर १९ ओभरमै पूरा गर्‍यो । नामिबियाका लागि डेभिड वाइसले अविजित ६६ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्डले २० ओभरमा चार विकेट गुमाएर एक सय ६४ रन बनायो । उसका लागि म्याक्स ओ दाउदले सर्वाधिक ७० रन बनाए ।

आजको जितसँगै नामिबियाको पनि अघिल्लो चरणमा पुग्ने सम्भावना कायमै रहेको छ । नेदरल्यान्ड्सले भने लगभग बाहिरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस