मौसमः आजदेखि सुधार, ठूलो पानी नपर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक ४, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक ०४, काठमाण्डौ । गत आइतबारदेखि परेको भारी वर्षा आज (बिहीबार)देखि भने सुधार आएको छ । मौसमविद् वरुण पौडेलका अनुसार गएराति देशका धेरै ठाउँको मौसम बद्ली भए पनि अब घाम लाग्ने सम्भावना छ । अबको दुई, तीन दिन लगातार झरी नपर्ने उनले बताए ।

‘भारतको बिहार र उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय प्रणाली र पश्चिमी वायुको पानी पार्ने प्रणाली निष्क्रिय भएकाले अब दुईरतीन दिन लगातारको झरी र ठूलो वर्षा हुने सम्भावना छैन’, मौसमविद् पौडेलले भने । आज प्रदेश-१, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा भने हल्का पानी पर्ने अनुमान छ ।

‘आजदेखि देशका धेरै ठाउँमा मौसम सफा हुन्छ, स्थानीय वायुको प्रभावका कारण केही ठाउँमा हल्का पानी परे पनि बाढी र डुबान हुने गरी ठूलो वर्षा र झरीको सम्भावना छैन’ मौसमविद् पौडेलले भने । गएको आइतवारदेखि अस्तिसम्म पश्चिमी क्षेत्रमा धेरै पानी पारेको प्रणाली हिजो पूर्व सरेको थियो । आज भने पूर्वबाट पनि यो प्रणाली हटिसकेको मौसमविद्ले बताएका छन् ।

यसैबीच, पानी नपरे पनि हिजोअस्तिकै वर्षाले जमिन गलेकाले पहिरोको जोखिम भने कायमै रहेको मौसमविद्ले बताएका छन् । भिरालो जमिनमा बसोबास गर्ने र यात्रा गर्नेहरुलाई विशेष सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।

ताजा अपडेट

खोजी गर्नुहोस