एमाले स्थायी कमिटी बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक ४, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक ०४, काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहीबार अपरान्ह ३ बजे बैठक बस्न लागेको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

एमालेको विधान महाधिवेशनको समीक्षा तथा वडा र स्थानीय तहको अधिवेशनलगायत एजेन्डामा छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो । राष्ट्रिय महाधिवेशनको विषय प्रवेश र हालैको अविरल वर्षाले भएका जनधनको क्षतिका सम्बन्धमा छलफल गर्ने पनि एजेन्डा छन् ।

एमालेले कात्तिक ६ गते देशैभर वडा अधिवेशन गर्ने र कात्तिक ९ गते पालिका अधिवेशन गर्ने बताएको छ । एमालेको राष्ट्रिय महाविधेशन मंसिर १० देखि १३ गतेसम्म हुनेछ । महाधिवेशन कहाँ गर्ने भन्नेबारे पनि आज छलफल हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस