पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध, खुलाउन समय लाग्ने

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ कार्तिक ४, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक ०४, वालिङ । गत आइतबारदेखि परेको वर्षासँगै आएको पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा–स्याङ्जा सडकखण्ड आज बिहान ३ः३० बजेदेखि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भालुपहाडमा ढुङ्गासहितको पहिरो झरेका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।

ठूलो चट्टानसहितको पहिरो झरेकाले पूर्णरुपमा अवरुद्ध रहेको सडक खुलाउन पहल भइरहे पनि समय लाग्ने प्रवक्ता अधिकारीको भनाइ छ ।

पहिरो हटाउनका लागि पुतलीबजार नगरपालिका, सडक विभागसँग सहकार्य भइरहेको छ । सडक अवरुद्ध हुँदा सिद्धार्थ राजमार्गको पोखरा–स्याङ्जा सडकमा सयौँ सवारी साधन रोकिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस