बागमती प्रदेश सभाको बैठकमा एमाले सहभागी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ कार्तिक ४, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कात्तिक ४, हेटौंडा । बागमती प्रदेश सभाको आज दिउँसो १ बजे बस्ने बैठकमा सत्तारूढ नेकपा (एमाले) सहभागी हुने भएको छ ।

यसअघि वडा अधिवेशनलाई कारण देखाउँदै एमाले बागमती प्रदेश संसदीय दलले सभामुखलाई प्रदेशसभा बैठकमा सांसदहरू उपस्थित हुन नसक्ने भन्दै पत्र पठाएको थियो ।

तर, आजको बैठकमा सहभागी हुने सरकार प्रवक्ता तथा भौतिक पूर्वाधारमन्त्री केशव राज पाण्डेले जानकारी दिए । यता एमाले मुख्य सचेतक दीपक निरौलाले पार्टीको अधिवेशन भएका कारण हामीले प्रदेशसभाको बैठक सार्न सभामुखलाई आधिकारिक पत्र बुझाइसकेका बैठकमा आफूसहित धेरै सांसदहरु उपस्थित हुन नसक्ने बताएका छन् ।

उनले बैठक ११ गते सार्न गरेको मागलाई सभामुखले कसरी हेरेको भन्ने विषयमा आफू जानकार नभएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस