बागमती प्रदेशसभा बैठक सर्‍यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक ४, बिहिबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

कात्तिक ४, हेटौंडा । बागमती प्रदेशसभाको बैठक बिहीबार दिउँसो ३ बजेका लागि सारिएको छ । दिउँसो १ बजे बैठक बोलाइए पनि प्रदेशसभा सचिवालयले सांसदहरुलाई एसएमएस गरेर बैठक दुई घण्टा पछि सरेको जानकारी गराएको छ ।

प्रदेशसभा सचिवालयका एक कर्मचारीका अनुसार निर्धारित १ बजेको बैठकमा नेकपा एमालेका सांसदहरु आइनपुगेकाले बैठक सारिएको हो । यसअघि नेकपा एमालेले पार्टीको अधिवेशनको कामले गर्दा बिहीबारको प्रदेशसभा बैठकमा सहभागी हुन नसक्ने भन्दै कात्तिक ११ पछि बैठक राख्न आग्रह गरेको थियो ।

तर सभामुखले बैठक राखेपछि एमालेले आफूहरु सहभागी नहुने बताएको थियो । प्रदेश सरकार प्रवक्ता तथा भौतिक पूर्वाधारमन्त्री केशवराज पाण्डेले भने एमाले सांसदहरु बिहीबारको बैठकमा सहभागी हुने बताएका छन् ।

बिहीबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने कार्यसूची छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस