केही वर्षभित्र आर्थिक वृद्धि दर दुई अंक भन्दा बढी कायम हुन्छ : गृहमन्त्री थापा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ जेष्ठ १८, शुक्रबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ १८,काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले आगामी वर्ष मुलुकको आर्थिक वृद्धि दर आठ प्रतिशत पुग्ने बताएका छन ।

तत्कालिन प्रेस चौतारी र प्रेस सेन्टर मोरङद्वारा संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारद्वारा गत मंगलबार प्रस्तुत बजेटले मुुुलुकमा विकास र समृद्धि कायम भई आगामी केही वर्षभित्र आर्थिक वृद्धि दर दुई अंक भन्दा बढी कायम हुने विश्वास व्यक्त गरे ।

गृहमन्त्री थापाले प्रधानमन्त्रीको हालैको भारत भ्रमण र आगामी दिनमा हुने चीन भ्रमणवाट वैदेशिक सम्बन्ध थप सुढृढ हुने बताउँदै यसबाट मुलुकमा विकास र समृद्धि कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गरे ।

मुलुकमा केही वस्तुको मूल्य वृद्धि आन्तरिक कारण नभै अन्तर्राष्ट्रिय बजारका कारणले भएको उल्लेख गर्दै उहाँले कालोबजारी हुनै नदिन र भएपनि त्यसको नियन्त्रणका लागि वर्तमान सरकार दृढ संकल्प रहेको छ भने।

गृहमन्त्री थापाले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनका लागि प्रर्याप्त बजेट विनियोजन गरिएको बताउँदै समयमा आफ्नो जिम्मेवारी पूरा नगरी विकास निर्माण कार्यमा अवरोध उत्पन्न गर्ने गराउने ठेकेदारलाई कारवाही गर्न सरकार पछाडि नपर्ने धारणा व्यक्त गरे ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भएको सम्बन्धमा छानबीन आयोगले आफ्नो कार्य गरिरहेको छ, उनले भने, “तस्करी सञ्जाललाई तोडी आपराधिलाई न्यायको कठघारामा उभ्याइने दायित्वबाट सरकार पछि हट्दैन ।”

गृहमन्त्री थापाले शिक्षा, स्वास्थ्य, निर्माण र कृषि लगायत सबै क्षेत्रमा देखिएकोे सिण्डिकेटको अन्त्य गरिने बताउँदै स्वच्छ प्रतिस्पर्धाका आधारमा जनतालाई गुणस्तरीय सेवा र सामान उपलब्ध गराउनका लागि सरकार प्रतिबद्ध छ भने ।

ताजा अपडेट

खोजी गर्नुहोस