भक्तपुरबाट अवैध ८० लाख रुपैयाँसहित युवक पक्राउ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ कार्तिक ४, बिहिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कात्तिक ४, काठमाडौं । प्रहरीले भक्तपुरबाट स्रोत नखुलेको ८० लाख रुपैयाँ नगदसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङको गल्कोट नगरपालिका-१० पाण्डवखानी घर भई कोटेश्वर बस्ने ३६ वर्षका चित्रबहादुर पुन रहेका छन् ।

बुधबार साँझ ८ बजे मध्यपुरथिमी नगरपालिका(१ लोकन्थलीस्थित मनहरा आँखा अस्पताल नजिक चेकजाँच गर्दा प्रहरीले पुनले चढेको बा ४९ प ८५६५ नम्बरको स्कुटरको डिकीभित्र ३० लाख रुपैयाँ फेला पारेको थियो ।

त्यसपछि उनलाई महानगरीय प्रहरी वृत्त थिमी भक्तपुरले नियन्त्रणमा लिएर सोधपुच गर्दा उनीसँग घरमा ५० लाख रुपैयाँ भएको खुलेको डीएसपी दीपक गिरीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस