नेपाल र इन्डोनेसियाको मैत्रीपूर्ण खेल आज

कार्तिक ०५, काठमाडौं । नेपाल र इन्डोनेसियाको मैत्रीपूर्ण खेल आज शुक्रबार हुँदैछ । ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा नेपाल र इन्डोनेसियाबीचको खेल नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ ।

एएफसी यू-२३ एसियन कप छनोटको तयारी स्वरूप नेपाली यू-२३ राष्ट्रिय फुटबल टिमले इन्डोनेसियाको यू-२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् ।

नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ । यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा खेल्दा अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ । छनोट अघि नेपालले अक्टोबर २२ मा इन्डोनेसियाको यू-२३ टोलिसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू-२३ एसियन कपमा छनोट हुनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply