ब्याजदरको असर शेयर बजारमा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ कार्तिक ५, शुक्रबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

कार्तिक ०५, काठमाडौँ । पछिल्लो समय शेयर बजारमा निकै उतारचढाव देखिएको छ । बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएपछि यो साता सेयर बजार झनै अस्थिर देखियो । नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरी बैंकहरुको ब्याजदर घटाए पनि सेयर बजारमा भने नकारात्मक असर कायमै रह्यो ।

दसैं बिदापछि खुलेको बजार यो साता ८३ अंकले घटेको छ । दसैंअघि नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २६३९ अंकमा बन्द भयो । साताको पहिलो दिन आइतबार नेप्से १७ अंकले बढेपछि सोमबार र मंगलबार उच्च अंकले घट्यो । यसैगरी बुधबार ६० अंकले बढेको नेप्से साताको अन्तिम दिन बिहीबार १४.७० अंकले घटेर २५५६.९५ अंकमा झरेको छ ।

ब्याजदरमा भएको परिर्वतनले यो साता बजार प्रभावित भयो । बैंकहरुले कात्तिकका लागि प्रकाशित गरेको ब्याजदर पौने १२ प्रतिशतसम्म तोकेपछि हेयर बजारमा भारी गिरावट आयो । मंगलबार राति निर्देशन जारी गर्दै १० प्रतिशतसम्म मात्र ब्याजदर परिवर्तन गर्न नपाउने व्यवस्था गरेको राष्ट्र बैंकले बुधबार भने मौखिम रुपमा ब्याजदरको सीमा नै तोकिदिएको थियो । राष्ट्र बैंकको निर्देशनपछि बैंकहरुले बुधबार नै ब्याजदर परिवर्तन गर्दै ब्याजदर घटाए पनि बिहीबार बजार सकारात्मक प्रभाव पर्न सकेन ।

बिहीबार नेप्सेसँगै अधिकांश समूहगत परिसूचक पनि घटेका छन् । म्युचुअल फण्ड र अन्य समूह बाहेकका समूहगत परिसूचक ओरालो लागे । सबैभन्दा बढी विकास बैंक समूह २.०३ प्रतिशतले घटेको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बिहीबार २१६ कम्पनीका ६१ लाख कित्ता सेयर किनबेच हुँदा २ अर्व ६३ करोड रुपैयाँ बराबरको मात्र कारोबार भएको छ । यसदिन १५१ कम्पनीको मूल्य घट्दा ३० कम्पनीको मूल्य वृद्धि भएको छ भने पाँच कम्पनीको स्थिर रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस