न्यादी हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न

कार्तिक ०५, काठमाडौं । न्यादी हाइड्रोपावरको आइपीओ बाँडफाँड सकिएको छ । आज बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आफ्नै कार्यालय नक्सालमा बिहान ९ बजे शेयर बाँडफाँड गरेको हो ।

आइपीओमा २२ लाख ५५ हजार ८४ जना आवेदकबाट २ करोड ७० लाख ८९ हजार १ सय ५० कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये १३ हजार ९ सय ४६ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका २२ लाख ४१ हजार १ सय ३८ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको विक्री प्रबन्धकले जनाएको छ ।

आइपीओमा गोलाप्रथा मार्फत २ लाख ९ हजार २ सय ५० जनाले १० कित्ताको दरले शेयर पाउने भएका छन् भने आवेदन दिएकामध्ये २० लाख ५२ हजार बढी आवेदकको हात खाली भएको छ ।

कम्पनीले असोज १५ गतेबाट प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा विक्री खुल्ला गरेको हो । जारी कुल कित्तामध्ये २ प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहने २० लाख ९२ हजार ५०० कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए ।

कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले केयरएनपि डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ ।

संम्बन्धित समचार

Leave a Reply