एमसीसी संसदबाट पास हुन्छ: प्रधानमन्त्री देउवा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक ५, शुक्रबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

कात्तिक ५, धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित हुने बताएका छन् ।

देउवाले एमसीसी नेपालको कानून भन्दा माथि नरहेको तर यसबारे झुठा प्रचार गरिएको भन्दै संसदबाट पारित गर्ने बताए ।

बाढी पहिरोबाट भएको क्षतिको निरीक्षण गर्न गृह प्रदेश सुदूरपश्चिम पुगेका देउवाले आज बिहान धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलमा एमसीसी अनुदानमा आधारित परियोजना भएको बताउँदै नेपालकै कानून मातहत हुने दाबी गरे ।

एमसीसीको बारेमा झूठा प्रचार गरिएको छ, देउवाले भने, ‘विश्व बैंक र एसियाली विकास बैंकले दिने ऋण सहयोगमा नेपालको कानूनभन्दा अन्तर्राष्ट्रिय कानून लागू हुन्छ । एमसीसी त अनुदान हो, ऋण होइन । उनीहरुले नै यो नेपालको कानून भन्दा माथि नरहेको स्पष्ट पारिसकेका छन् ।

बिहीबार सुदूरपश्चिमका पहाडी जिल्ला र कञ्चनपुरमा बाढीपहिरोबाट भएको क्षतिको स्थलगत निरीक्षण गरेर फर्किएका देउवा शुक्रबार नै काठमाडौं फर्किने कार्यसूची छ ।

ताजा अपडेट

खोजी गर्नुहोस