चलचित्र विन्दास लाइफको गीत चर्चामा

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ कार्तिक १६, शुक्रबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

कात्तिक १६, काठमाडौं । राजु गिरीको चलचित्र ‘बिन्दास’ को चौथो शृंखला ‘बिन्दास लाइफ’ मा समाबेश दोश्रो गीत ‘आउन मेरो छेउ’ छोटो समयमा नै चर्चामा आएको छ । रिलिज भएको ४ दिनमा नै यो गीतले युटुबमा १ लाख ४७ हजार भ्यु पाएको छ ।
लोक लयमा बनेको यो गीतमा लक्ष्मन पौडेल र कल्पना देवकोटाको स्वर रहेको छ ।

लक्ष्मण पौडेलको शब्द तथा संगीत रहेको गीतमा चलचित्रका मुख्य कलाकारहरु सपना लामिछाने र प्रथम खड्कालाइ फिचर्ड गरिएको छ ।

अनिल राइको कोरियोग्राफी रहेको गीतमा र्यापर अमृत ल्वागुनले र्याप हानेका छन् । यो गितको सम्पदन बिनोद बम ले गरेका हुन् ।
चलचित्र निर्देशक राजु गिरीले अनलाईन केन्द्रसँग भने, दोहोरी रिमिक्स भर्सनमा गीत आएकाले पनि छोटो समयमा नै चर्चित भएको हो ।
यो गीत तिहारमा नाच्नको लागि प्रयोग गरिएको पनि पाईएको छ । निर्देशक गिरी भन्छन्, दोहोरी रिमिक्स यति छोटो समयमा चर्चामा आएको यो पहिलो घटना हो ।

चलचित्र ‘बिन्दास लाइफ’ मा जीवन पराजुलीको डि।ओ।पी रहेको छ भने रामेश्वर हुमागाईंले छायांकन गरेका छन् । चलचित्रमा रोशन श्रेष्ठको द्वन्द निर्देशन रहेको छ ।

सपना लामिछाने निर्माता रहेको चलचित्रमा सपना लामिछाने, खड्का, चिरन अधिकारी, पल्पसा डंगोल, मदन सिटौला,गोपाल कुइँकेल, भिम खनाल लगाएतका कलाकारको मुख्य भूमिका रहेको छ ।

सार्बजनिक गीतलाई बिनोद बमले सम्पादन गरेका छन् । चलचित्र फागुन ३ गते बाट प्रदर्शनमा आउने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस