सरकारको काम कारबाहीप्रति गगन थापाको असन्तुष्टि !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक ५, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कात्तिक ५,काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन् । पूर्वमन्त्रीसमेत रहेका नेता थापाले सरकारले आफ्नो काममा गति पक्रन नसकेको भन्दै असन्तुष्टि जनाएका छन्।

नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घले आज शुक्रवार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले दुई छिमेकी देश भारत र चीनबाट फाइदा लिने मौका नचुकाउन पनि सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘यो सरकारले जुन गति पक्रनुपर्ने हो, त्यो गति पक्रन सकेको छैन । त्यसैले डर लागेको छ, नेपाली नागरिक भएर । जसरी हामीले २००७ सालपछिको समय खेर फाल्यौँ । फेरि हामीले अब अर्को मौका खेर फाल्दैछौँ कि भन्ने डर लाग्न थालेको छ । यो बेला सम्हालिनुपर्नेछ । हाम्रा अगाडि केही मौका अहिले पनि छन् ।

कांग्रेस नेता थापाले विद्युत् खपत बढाउने विषयमा सोच्न पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे । उनले विद्युत् खपत बढाउने बेला आएको र त्यसका लागि सरकारले योजनाबद्ध सोच अगाडि ल्याउन ढिलाइ गर्न नहुने स्पष्ट पारे ।

नेता थापाले नेपाल विद्युत् प्राधिकरणले आर्जन गरेको प्रतिष्ठा जोगाउने गरी काम गर्न प्राधिकरणका कर्मचारीलाई आग्रह गरे। उनले देशलाई बनाउने हो भने सबैले आ–आफ्नो ठाउँको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुपर्ने आवश्यक्ता औल्याए । नेता थापाले देशका विद्यमान बेरोजगारी समस्या समाधान गर्न ऊर्जा क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वाससमेत व्यक्त गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस