जनमत पार्टीका कार्यकर्ता ७ दिन हिरासतमा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ कार्तिक ५, शुक्रबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

कात्तिक ५, जनकपुरधाम । खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश्वर कुशवाहलाई दुर्व्यवहार गर्ने जनमत पार्टीका १७ जना कार्यकर्ताविरुद्ध प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

जनमत पार्टीका कार्यकर्ताले कुशवाहलाई बिहीबार शरीरमा हिलो छ्यापेर अर्धनग्न अवस्थामा जनकपुरधाम बजार घुमाएका थिए । उनीमाथि दुर्व्यवहार गर्ने १७ जनालाई आपराधिक प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले जिल्ला अदालत धनुषाबाट अनुमति लिएको छ ।

जिल्ला अदालतबाट उनीहरुलाई ७ दिन हिरासतमा राख्न अनुमति लिइएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

जनमत पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र महतो, धनुषा अध्यक्ष ओमविक्रम कुशवाह, सर्लाही जिल्लाका सदस्य दुर्योधन यादव, प्रेमकिशोर यादव, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादवसहित १७ जनाविरुद्ध अनुसन्धान शुरु गरिएको प्रहरीको भनाइ छ । अभियोग पुष्टि भएमा उनिहरुलाई अधिकतम ४ वर्ष कैद र ४० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रहरीले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस