मौसमः सामान्य बदली, केही स्थानमा पानी पर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक ६, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कात्तिक ०६, काठमाडौं । आज पनि देशभर मौसममा सामान्य बदली भएको छ । नेपालमा असर गर्ने मौसमी प्रणाली नभए पनि आज केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

महाशाखाका अनुसार राति पनि प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने छ ।

यसरी मौसममा सामान्य बदली आई देशका केही स्थानमा पानी पर्ने क्रम सोमबारसम्म कायम रहनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस