नेकपा (एस)को कर्णाली प्रदेश अध्यक्षको जिम्मा थापालाई

कार्तिक ०६, सुर्खेत । नेकपा (एकीकृत) समाजवादी दलको कर्णाली प्रदेश अध्यक्षको जिम्मा अम्मरबहादुर थापाले पाएका छन् । शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले थापालाई उक्त जिम्मेवारी दिएको हो ।

थापा कर्णाली प्रदेश सरकारका भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्री समेत छन् । एमालेमै छँदा ‘फ्लोर क्रस’ गरेर माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थापा त्यसपछि मन्त्री बनेका थिए ।

उनको मन्त्री पदको समयावधि पनि केही दिनमा सकिँदैछ । दलले यसअघि प्रकाश ज्वालालाई प्रदेश इञ्चार्जको जिम्मेवारी दिइसकेको थियो । यस्तै सह–इञ्चार्जको जिम्मा चन्द्रबहादुर शाही, हंस शाही, शेर बहादुर केसी र ठगेन्द्र पुरीलाई सचिवको जिम्मेवारी दिइएको बताइएको छ ।

संम्बन्धित समचार

Leave a Reply