एमालेको वडा अधिवेशन आज, बाढी प्रभावित जिल्लामा नहुँने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ कार्तिक ६, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक ०६, काठमाडौं । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज देशभर वडास्तरका अधिवेशन हुँदै छ । वडा अधिवेशनलाई पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्दै छन् । उद्घाटन समारोहलाई इन्टरनेटको पहुँच भएका वडामा ‘डिस्प्ले’ गरिने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

एमाले केन्द्रीय कार्यालयले त्यसका लागि तयारी पूरा गरिसकेकामा हालैको बाढी पहिरोबाट प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुने जनाइएको छ । यस्तै यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न एमालेले कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टीको १०औं महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म बागमती प्रदेशको चितवनमा हुनेछ । चितवनमा हुने एमालेको महाधिवेशनमा निर्वाचन प्रयोजनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग गरिनेछ ।

एमालेको स्थायी कमिटीको शुक्रबारको बैठकले महाधिवेशनका लागि नेता रामबहादुर थापाको संयोजकत्वमा गठित २१ सदस्यीय मूल व्यवस्थापन समितिको सहसंयोजकमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र सचिवमा विष्णु रिमाललाई तोक्नुका साथै समितिका केही सदस्य थप गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस